FAQs Complain Problems

माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व. २०७७।०७८ को बजेट सार्वजनिक

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक वधेयक २०७७, बजेट तथा कार्यक्रम र विनियोजन विधेयक २०७७ सर्वसम्मत रुपमा पारित गर्दै माछापुच्छ्रे गाउँपालिकाको सातौं गाउँसभा मिति २०७७ असार १० गते सम्पन्न भएको छ। नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्दै प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिंदै आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ६२ करोड ६७ लाख ६९ हजार २९० को बजेट सार्वजनिक भएको छ। कुल बजेटमा चालु तर्फ रु २८ करोड १९ लाख २० हजार तथा पूँजीगततर्फ ३४ करोड,४८ लाख ५९ हजार २९० बजेट विनियोजन गरिएको छ। पूँजिगत खर्च मध्ये पूर्वाधार विकासतर्फ रु २३ करोड ५४ लाख ७२ हजार ४९०, सामाजिक विकासतर्फ रु ४ करोड ७० लाख ४६ हजार ८०० ,आर्थिक विकासमा रु ३ करोड ५ लाख ८० हजार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ रु २ करोड १५ लाख ५० हजार र सुशासन,संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु १ करोड २ लाख विनियोजन गरिएको छ ।

आर्थिक वर्ष: