FAQs Complain Problems

राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता २०७६ जारी।

“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय खेलकूद प्रतियोगिता २०७६ को दोस्रो दिन आज  एथलेटिक्स, लङजम्म, सटपुट,भलिवल लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ। आज भएको १०० मिटर छात्र-छात्रा दौडमा छात्रतर्फ बराह मा.विका सागर परियार प्रथम, शारदा मा.विका केशव जिसी द्वितीय र महेन्द्र मा.विका सरोज नेपाली तृतीय भए। छात्रातर्फ बराह मा.विका कविता अधिकारी प्रथम, उदय मा.विका विनु वि.क द्वितीय र माछापुच्छ्रे मा.विका रितिका तामाङले तेस्रो स्थान हासिल गरे।त्यसैगरि २०० मिटरतर्फ शारदा मा.विका केशव जिसी प्रथम, बराह मा.विका सागर परियार द्वितीय तथा पृथ्वीनारायण मा.विका भानुभक्त दाहाल तृतीय भए । छात्रातर्फ उदय मा.विका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ्रे मा.विका सुनिता विकले तेस्रो स्थान हासिल गर्न सफल भए । ४०० मिटर छात्रातर्फ उदय मा.विका रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्वितीय र बराह मा.विका कविता अधिकारी तृतीय भए। ८०० मिटर छात्र दौडतर्फको इभेन्टमा ज्ञानज्योति मा.विका विवेक परियार प्रथम,महेन्द्र मा.विका मन्दिप नेपाली द्वितीय र बराह मा.विका सुजन ढुँगाना तृतीय भए भने छात्रातर्फ उदय मा.विका विनु विक प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ्रे मा.विका सुस्मा कुँबर तृतीय भए । लङजम्प छात्रातर्फ उदय मा.विका विनु वि.क प्रथम, महेन्द्र मा.विका सुशिला शाही द्वितीय र शारदा मा.विका गोमा पुन तृतीय भए भने छात्रतर्फ शारदा मा.विका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी र सरोज नेपाली क्रमशः द्वितीय र तृतीय भए। सटपुट छात्रतर्फ शारदा मा.विका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी मा.विका सुजन नेपाली द्वितीय र मिलन पुन तृतीय भए । रिले दौड छात्र तर्फ महेन्द्र मा.वि, बराह मा.वि र ज्ञानज्योती मा.वि क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने छात्रातर्फ उदय मा.वि, महेन्द्र मा.वि र शुक्ला गण्डकी मा.विले क्रमशः प्रथम, द्वितीय र तृतीय हासिल गरेका छन्।

आर्थिक वर्ष: