समाचार
ग्यालरी
माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०७८ सम्मपन्न।
आर्थिक अभाव भएका छात्राहरुको लागि उच्च शिक्षा छात्रवृति वितरण कार्यक्रम र सिप विकास तालिम अन्तर्गत महिलाहरुका लागि सञ्चालन गरिएको २६ दिने निशुल्क ड्राईभिङ तालिम (हलुका सवारी साधन चलाउने ) को प्रमाणपत्र वितरण कार्यक्रमका केही झलकहरु।
कोरोना (COVID-19) रोगको संक्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि माछापुच्छ्रे गाउँपालिकामा, वडा नं. ४ बनेटाकुरामा संचालित १३ बेडको क्वारेन्टाइन कक्षहरुको, कास्की जिल्लामा गठित COVID-19 Crisis Management Center (CCMC) का संयोजक कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा प्रमुखहरुद्वारा अनुगमन निरिक्षण तथा अन्तरक्रिया कार्यक्रमको झलकहरु।
माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १ माछापुच्छ्रे र वडा नं. २ सार्दीखोला दुई वडा जोड्ने खारपानी – तातोपानी मोटरवेल पुलको समुद्घाटन कार्यक्रम। मिति २०७६ फाल्गुण १९ गते सोमबार पुलको उद्घाटन प्रमुख अतिथि, गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ्ले शिलालेख अनावरण गरी गर्नु भएको थियो। माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा संचलान भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री मा. रामशरण बस्नेत तथा गण्डकी प्रदेश सांसद मा.
यस माछापुच्छ्रे गाउँपालिकाको अवलोकन भ्रमणका लागि मुस्ताङ जिल्ला स्थित घरपझोङ गाउँपालिकाबाट पाल्नुहुने अध्यक्ष श्री आस बहादुर थकाली र उपाध्यक्ष श्री शर्मिला गुरुङ तथा थासाङ गाउँपालिकाबाट पाल्नुहुने उपाध्यक्ष श्री बालकुमारी शेरचनज्यू लाई गाउँपालिकामा न्यानो स्वागत गर्दै अध्यक्ष, उपध्याक्ष, वडा अध्यक्ष लगायत सम्पुर्ण कर्मचारीहरु।
विगत ७ महिना देखि माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा आफ्नो कार्यभार कुशलता पूर्वक निर्वाह गरी मादी गाउँपालिकामा सरुवा भई जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा र यस कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा भई जान लाग्नु भएका ना.सु तोयानाथ आचार्यको विदाई तथा मोदि गाउँपालिका, पर्वत बाट यस गाउँपालिकामा कार्यालय प्रमुखको भुमिका निर्वाह गर्न आउनु भएको प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ एवं यस गाउँ कार्यपालिकाको कार्यालयमा हालसालै नियुक्त हुनुभएका इन्जिनियर शैलेन्द्र क्षेत्री, एम.आई.एस अपरेटर विष्णु प्रसाद भण्डा