समाचार
तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०७८
माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०७८ सम्मपन्न।
माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा यहि चैत्र ११ गतेबाट सञ्चालन भएको माछापुच्छ्रे गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७८ चैत्र १३ गते सम्पन्न भएको छ। प्रतियोगितामा महेन्द्र मा. बि. लाहाचोक प्रथम, उदय मा.बि. धम्पुस दोस्रो र निष्पक्ष मा. बि. रिभान तेस्रो भएको छ। माछापुच्छ्रे गाउँपालिका भित्र रहेका १० वटा सामुदायिक र एउटा निजि गरी ११ विद्यालयको सहभागी रहेको उक्त प्रतियोगिताम प्रथम हुने महेन्द्र मा.बि. ले यस पटकको जित सँगै तीनै बर्ष लगातार रनिङ शिल्ड जित्न सफल भई नगद रू.२५०००।- मेडल र प्रमाण पत्र साथमा यस पटकको प्रथम पुरस्कार रू. १५०००।- सहित नगद रू. ४००००।- प्राप्त गरेको छ। त्यसै गरी दोस्रो र तेस्रो हुने विद्यालयले पनि क्रमश नगद रू.१००००।- र रु.७५००।- मेडल र प्रमाण पत्र प्राप्त गरे। साथै छ वटै बिधा अन्तर्गत उत्कृष्ट खेल खेले बापत छात्रा/छात्रले समेत पुरस्कार मार्फत मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन। समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कृष्ण कुमारी दवाडीज्यू को अध्यक्षता एवम् अध्यक्ष कर्ण गुरूङज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि माननीय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्नुभएको थियो साथै उद्धाटन कार्यक्रम माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
For Short Video Clip
https://www.youtube.com/channel/UCcwTaA25OtywHCfp2W_d_1A/playlists