FAQs Complain Problems

माछापुच्छ्रे गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम पश्चिमाञ्चल विकास क्षेत्रको ४ नं. प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो। यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ  देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ। माछापुच्छ्रे हिमाल  यसै गाउँपालिकामा रहेकाले यस गा.पा. को नाम माछापुच्छ्रे  गाउँपालिका रहेको हो। कूल क्षेत्रफल ५४४.५८ वर्ग कि.मि. रहेको यस गाउँपालिका  विश्व मानचित्रमा ८३ डिग्री ४३’ देखि ८३ डिग्री ९२’ पूर्वी देशान्तर र २८ डिग्री १८’ देखि २८ डिग्री ३९’ उत्तरी अक्षांशमा रहेको छ । साविकका निम्न ८ (आठ) वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला  र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ ।

क्र.सं. नयाँ वडा समावेश गाविस    जनसंख्या क्षेत्रफल (वर्ग कि.मी।)
१. माछापुच्छ्रे (१-९) १७२९ २७४.५०
२. सार्दिखोला (१-९) ३४४२ ५१.०७
३. घाचोक (१-९) २७०७ ९.१४
४. लाहाचोक (१-९) ३१२९ ७.५७
५. रिभान (१-९) १३३२ १४.१२
६. धिताल (१-९) २७८१ ११.४७
७. धम्पुस (१-९) २५३७ १५.४९
८. ल्वाङ (१-५) २६९१ २०.२३
९. घलेल (६-९) १५२० १४१.००
    जम्मा २१८६८ ५४४.५८

 

जनगणना २०६८ अनुसार यस गाउँपालिकामा जनसंख्याको स्थिति निम्नानुसार रहेको छ।

साविक गाविस    हालको वडा परिवार संख्या महिला पुरुष जम्मा
माछापुच्छ्रे (१-९) ३९५ ९३५ ७९४ १७२९
सार्दिखोला (१-९) ८७९ १८२८ १६१४ ३४४२
घाचोक (१-९) ५८८ १४२० १२८७ २७०७
लाहाचोक (१-९) ८२९ १७७३ १३५६ ३१२९
रिभान (१-९) ३६४ ७३४ ५९८ १३३२
धिताल (१-९) ७६७ १५३० १२५१ २७८१
धम्पुस (१-९) ६२० १४१० ११२७ २५३७
ल्वाङ (१-५) ७०० १४५७ १२३४ २६९१
घलेल (६-९) ३७० ८११ ७०९ १५२०
जम्मा   ५५१२ ११८९८ ९९७० २१८६८

 

जनगणना २०७८ अनुसार यस गाउँपालिकामा जनसंख्याको स्थिति निम्नानुसार रहेको छ।

जम्मा जनसंख्या २२८९८(पुरुष- १११७३, महिला- ११७२५) रहेको छ। कुल परिवार संख्या ६१५१ रहेको छ।

क्र.सं. वडा     महिला पुरुष जम्मा
१. वडा नं, १,माछापुच्छ्रे  ८९३ ८४७ १७४०
२. वडा नं २,सार्दिखोला  २०२० १९६१ ३९८१
३. वडा नं ३, घाचोक  १६०० १४८६ ३०८६
४. वडा नं ४, लाहाचोक  १७२८ १६४२ ३३७०
५. वडा नं ५, रिभान  ८१४ ८०१ १६१५
६. वडा नं ६, धिताल १३३५ १२६५ २६००
७. वडा नं ७, धम्पुस  १२८५ ११९८ २४८३
८. वडा नं ८, ल्वाङ  १३६७ १२८९ २६५६
९. वडा नं ९, घलेल  ६८३ ६८४ १३६७
  जम्मा  ११७२५   १११७३   २२९८९ 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.