FAQs Complain Problems

समाचार

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरका बीचमा मितेरी सम्वन्ध स्थापना

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरका बीचमा मितेरी सम्वन्ध स्थापना गरिएको छ । धम्पुसमा आईतबार आयोजना गरिएको विशेष कार्यक्रमका बीच ब्रेकन शहरसँग मितेरी सम्वन्ध गाँस्ने पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएको छ । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर र उपमेयर टाउन क्लार्क फियोना विलियम्सले मितेरी सम्वन्ध पत्रमा हस्ताक्षर गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले माछापुच्छ्रेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका मेयर उपमेयरलाई सपथ गराउनु भएको थियो ।

आर्थिक वर्ष:

//