FAQs Complain Problems

लामो अवधिको जन्मान्तरको लागि सेटलाईट क्लिनिक ।

माछापुच्छ्रे गाउपालिका स्वास्थ्य शाखाको आयोजना माछापुच्छ्रे स्वास्थ्य चौकीको स्थानिय व्यवस्थापनमा माछापुच्छ्रे १ धिप्राङ्गमा यहि मिति २०७५ साल जेष्ठ १५ गते खुसी, सुखी र व्यवस्थित (स्मार्ट) परिवार योजनालाई साकार रुप दिन लामो अवधिको जन्मांतर को लागी सेटेलाईट सेवा परिवार नियोजन शिविरमा स्थानिय १२ जना दम्पत्ति हरुले सेवा लिनुभएको छ। उक्त शिविरमा जन्मांतर राख्न चाहने ९ जना दम्पत्तिहरूले ईम्प्लाण्ट सेवा र १ जना दम्पत्ति ले IUCD सेवा लिनु भएको थियो भने २ जना सेवाग्राहीले ईम्प्लाण्ट झिक्ने सेवा पनि लिनुभएको थियो। उक्त कार्यक्रममा SIFPO 2परियोजना को तर्फबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने माछापुच्छ्रे गाउपालिकाका स्वास्थ्य संयोजक हरिलाल आचार्य माछापुच्छ्रे स्वास्थ्य चौकी प्रमुख प्रकाश पन्थि ल्वाङ्ग घलेल स्वास्थ्य चौकी प्रमुख आनन्द बराल लगायत माछापुच्छ्रे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु तारा कुमारी गुरुङ र कमला शर्मा पराजुली एवम् SIFPO 2 परियोजना का रिता ढकाल र तृप्ति चन्द लगायत स्थानिय महिला स्वास्थ्य स्वयमसेविकाहरु पनि शिविर को लागी खट्नुभएको थियो भने माछापुच्छ्रे गाउपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, वडाध्यक्षहरु विक्रम गुरुङ ,विरेंद्र गुरुङ, पुर्ण बहादुर शाही , सम बहादुर गुरुङ , कृष्ण दवाडी र दुर्गा बहादुर क्षेत्रीले उक्त शिविरको स्थलगत अवलोकन गर्नुभएको थियो भने रेडियो अन्नपूर्णा का आरजु विष्ट सल्यानी र रबि भुषण पराजुली को पनि उपस्थिति रहेको थियो ।

 

आर्थिक वर्ष: