समाचार
२८औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई सम्मान
२८औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ‘ज्येष्ठ नागरिक मानवअधिकार अभियन्ताको अभिन्नदन गरौँ।’ भन्ने नारा सहित हरेक वडाका सवैभन्दा ज्येष्ठ पुरुष एक जना र महिला एक जनालाई सम्मान पत्र प्रदान तथा दोसल्ला ओडाएर सम्मान गरिएको छ। महिलामा गाउँपालिकाको वडा नं ५ की ११२ वर्षकी पवी गुरुङ्ग र पुरुषतर्फ वडा नं २ का १०० वर्षका वुद्धी तामाङ्ग र वडानं ४ का १०० वर्षकै रुद्र वास्तोला गाउँपालिकाका भित्रका सवैभन्दा ज्येष्ठ नागरिक रहेका छन् ।