समाचार
ना.सु. श्री बोधराज सापकोटाको बिदाई कार्यक्रम
यस माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा नायव सुव्वा पदमा कार्यरत पोखरा महानगरपालिका २५ हेमजा निवासी श्री बोधराज सापकोटा ज्यू मिति २०४०।०७।२७ देखी २०७५।०८।२१ गते सम्म ३५ वर्ष २२ दिन निजामति सेवामा रहि आफ्नो सफल जागिरे जिवन व्यतित गरि मिति २०७५।०८।२१ मा ५८ वर्ष उमेर पुरा भई यस माछापुच्छ्रे गाउँपालिकाको कार्यालयबाट अनिवार्य अवकाश हुनु भएकोमा उहाँलाई एक कार्यक्रम माझ विदाई गरियो। उहाँको सेवा निवृत जीवन सामाजिक कार्यमा प्रयोग गर्न थप उर्जा मिलोस भन्ने विश्वासका साथ बाँकी जीवनको उत्तरोत्तर प्रगतिको कामान गर्दछौं ।
माछापुच्छ्रे गाउँपालिका परिवार ।