समाचार
जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुका लागि स्थानीय सरकार संचालन विधि तथा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुका लागि स्थानीय सरकार संचालन विधि तथा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न। राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयूक्त माननिय कृष्णहरि बाँस्कोटाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचनाको हक र स्थानीय सरकार संचलान विधि सम्बन्धि प्रशिक्षण दिनु भएको थियो।
सोही कार्यक्रमको अवसरमा सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ बाट महिला पत्रकार उमा आलेमगरलाई सम्मान गरिएको थियो।
कार्यक्रममा समुदायिक प्रहरी साझेदारी सम्बन्धी छलफल तथा अन्तरक्रिय भएको थियो सो को सहजीकरण कास्की जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दान बहादुर कार्कीले गर्नु भएको थियो।