FAQs Complain Problems

१६ औं निजामती सेवा दिवस र ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६

सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ १६ औं निजामती सेवा दिवस र हामी सबैको प्रण – सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने मुल नाराका साथ ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्यताका साथ माछापुच्छ्रे गाउँपालिकामा मनाईयो।गाउँपालिका द्वारा आयोजित कार्यक्रमहरुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन टोलीका प्रमुख इन्जिीनियर खिमलाल गौतमलाई सम्मान, पूर्व प्रमुख प्रशासकीय अधिकृत लोकनाथ आचार्यलाई विदाई, उत्कृष्ट कर्मचारी, शिक्षक तथा विधार्थी सम्मान, कर्मचारीहरु बिच हाजिरीजवाफ प्रतियोगिता, मेच घुमाई प्रतियोगिता र जनप्रतिनिधि र कर्मचारीहरु बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता संचालन भएका थिए। उत्कृष्ट कर्मचारीमा माछापुच्छ्रे गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरिक्षक रिता थापा र माछापुच्छ्रे स्वास्थ्य चौकीमा कार्यरत हे.अ प्रकाश पन्थिलाई जनही रु. ५०००।– र प्रमाण-पत्र प्रदान गरि सम्मान गरियो।यसैगरी उत्कृष्ट शिक्षकमा दुर्गा ब. रावत (निश्पक्ष मा.वि.), मिन ब. सावत (महेन्द्र मा.वि.), चुन माया गौतम मिश्र (कैलाश टेत्सुओ प्रा.वि), राम प्रसाद आचार्य (बाराही प्रा.वि) तथा २०७५ को SEE परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल माछापुच्छ्रे मा.विका विधार्थी कृतिका आत्रेय र रविराज आचार्य लाई जनही रु. ५०००।– र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो। हाजिरीजवाफ प्रतियोगितामा टिम मकालु (रखा पौडेल, ऋषि गौतम र प्रकाश पन्थि) प्रथम, टिम मनास्लु (अनिल कार्की, रिता थापा र शंकर थापा) द्वित्तिय र टिम मर्दी (रिता अर्गेजा थापा, श्रीराम पौडेल र राममाया भट्टराई) तृत्तिय हुन सफल भए भने मेच घुमाई प्रतियोगितामा प्रकाश पन्थि, रेखा पौडेल र विवेक चौधरी क्रमशः प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल हुनभयो। जनप्रतिनिधि र कर्मचारीहरु बिच भएको फुटबल प्रतियोगितामा टिम कार्मचारी बिजयी हुन सफल भयो। कार्यक्रमको अध्यक्षता गर्नु भएकी का.व. अध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी र जिल्ला समन्वय समितिका सदस्य विष्णु प्रसाद पौडेल द्वारा बिजेता र उपबिजेता टिमहरुलाई मेडल र प्रमाण-पत्र साथ सम्मान गर्नुभयो।

आर्थिक वर्ष: