समाचार
८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न।
मेलमिलाप मार्फत विवादको प्रभावकारी निवारण भन्ने मुल नाराका साथ मिति २०७६ मंसिर ५ गते देखि १२ गते सम्म माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजना गरिएको ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ। वडा नं २ र ७ बाहेकका ७ वटा वडाका वडाध्यक्ष सहित ४ जनाका दरले सहभागिहरुलाई तालिम दिइएको हो। सहभागिहरुलाई जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश काजीबहादुर राई, न्यायाधीश दण्डपाणी शर्मा, विष्णुप्रसाद उपाध्याय र श्रेष्तेदार लोकनाथ पराजुली तथा प्रमुख प्रशिक्षक हरिप्रसाद पण्डित र हरि रेग्मीले न्यायमा बाह्य पहुँच तथा मेलमिलापकर्ताको भूमिका लगायतमा प्रशिक्षण दिनुभएको थियो।