समाचार
महिला जनप्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
माछापुच्छ्रे गाउँपालिकामा यही मिति २०७६/११/१६-१८ गतेसम्म ३ दिने महिला जनप्रतिनिधीहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो। तालिमको उद्धाटन यसै गाउँपालिकाका उपाध्यक्ष श्री कृष्ण कुमारी पौडेल दवाडी ज्यूले गर्नु भएको थियो । कार्यक्रममा वडा नं ७ का वडाध्यक्षज्युले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता गाउँपालिकास्तरिय महिला सञ्जालका अध्यक्ष श्री सरस्वती अधिकारीज्युले गर्नुभएको थियो । महिलाजनप्रतिधिहरुलाई महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानुनमा भएका पछिल्ला परिवर्तन सम्बन्धि अधिकारहरुका बारेमा तालिम सञ्चालन गरिएको थियो । तालिममा यसै गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमानसिंह गुरुङ, गाउँपालिका उपाध्यक्ष श्री कृष्ण कुमारी पौडेल दवाडीज्यु, वडा नं ७ का वडाध्यक्ष र सहायक महिला विकास निरिक्षक रीता थापाले विविध विषयमा प्रशिक्षण तथा सहजीकरण गराउनुभएको थियो गराउनुभएको थियो । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन२०७४, नेतृत्व तथा सञ्चार सिप, महिला सशक्तिकरण समावेशिकरण तथा मुलप्रवाहीकरण , नेपालमा महिला तथा बालबालिका सम्बन्धि कानुनको विकास ,मुलुकी देवानी संहिता २०७४ र मुलुकी फौजदारी संहिता २०७४ मा महिलाका कानुनी अधिकारहरुका साथै बोल्ने कलासम्बन्धि विविध विषयमा छलफल गरिएको थियो । तालिमको समापन मिति २०७६/११/१८ गते गरिएको थियो । ।तालिमको समापन सत्र महिला सञ्जालका अध्यक्ष श्री सरस्वती अधिकारीज्युको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष श्री कृष्ण कुमारी पौडेल दवाडी ज्यूको प्रमुख आथित्यतामा र वडा नं ७ का वडाध्यक्ष श्री सम बहादुर गुरुङज्युको विषेश आथित्यतामा सञ्चालन गरिएको थियो । तालिम सहभागीहरुको अपेक्षालाई समेट्न सकेको धारणा सहभागीहरुले राख्नुभएको थियो भने यस्तो खालको तालिम प्राप्त पश्चात आफुलाई अझ परिमार्जित गराएर लान सकिने विश्वास सहभागीहरुले व्यक्त गर्नुभएको थियो । र आगमी दिनहरुमा पनि यस्ता खालका कार्यक्रम हरु गरेर गाउँपालिकाले महिला जनप्रतिनिधिहरुलाई थप सक्षमता प्रदान गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो