FAQs Complain Problems

अनलाइन बक्तृत्वकला प्रतियोगिता-२०७७ सम्पन्न

"विपद्‍मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिबद्धता" भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस-२०७७ को अवसरमा मिति २०७७/०५/२९ गते माछापुच्छ्रे गाउँपालिकाद्वारा आयोजित गाउँपालिका भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय अनलाइन बक्तृत्वकला प्रतियोगिता-२०७७ ZOOM APP मार्फत VIRTUAL रुपमा सफलतापूर्वक सम्पन्न भएको छ। बक्तृत्वकलाको शीर्षक ‘कोराना भाईरस कोभिड–१९ का कारणले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु’ रहेको थियो । प्रतियोगितामा ११ वटा सामुदायिक तथा संस्थागत विद्यालयका एक÷एक जना गरी ११ जना बालबालिकाको सहभागिता रहेकामा भुमेश्वर माविका नवराज ढुंगाना प्रथम हुन सफल भए । त्यसैगरी निष्पक्ष माविका समिती वराल द्धितीय तथा माछापुच्छ्रे माविका मनिष आचार्य तृतीय भए । उदय माविका अस्मिता भण्डारीले सान्त्वना स्थान हासिल गरेकी थिइन।

गाउँपालिका उपाध्यक्ष एवम् स्थानीय स्तरको बाल संरक्षण समितिको संयोजक कृष्ण कुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले सानै उमेरदेखीनै बालबालिकाको असल व्यत्तित्व निर्माणमा अभिभावक तथा विद्यालयको भूमिका रहने बताउनु भयो ।प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले कार्यक्रमको उद्देश्य बारे प्रकाश एवम् स्वागत गर्नुभएको थियो । 

प्रतियोगितामा मुल्यांकन समितिमा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक दुर्गा बहादुर क्षेत्री संयोजक तथा शिक्षा विकास अधिकृत कृष्ण प्रसाद भण्डारी र लेखा अधिकृत सीता शर्मा पौडेल सदस्य रहनुभएको थियो । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर शाही, गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष सुमिना श्रेष्ठ, सहभागी विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षक प्रतिनिधिबाट क्रमशः शुक्ला गण्डकी माविका शान्तिरमण पोखरेल, महेन्द्र माविका विदुरचन्द्र ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको प्राविधिक व्यवस्थापन गाउँपालिकाका सूचना प्रविधी अधिकृत ई. शंकर थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महिला वालवालिका तथा समाज कल्याण शाखाका सहायक पाचौं रीता थापाले गर्नु भएको थियो।

आर्थिक वर्ष: