FAQs Complain Problems

समाचार

लोक सेवा आयोग तयारी कक्षा सञ्चालन।

लोक सेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन गाउँपालिकामा निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन शुरु गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिलातर्फको लक्षित कार्यक्रम अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) वा सो सरहको परीक्षाका लागि ३५ युवती तथा महिलालाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको छ। छिमेकी जिल्ला तथा पालिकाहरूको तुलनामा निजामती क्षेत्रमा गाउँपालिकाबाट न्यून उपस्थिति रहेको र पालिकावासीलाई लोकसेवाप्रति आकर्षण बढाउन राष्ट्रसवेक कर्मचारीमा स्थानीयवासीको आकर्षण बढाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ। तयारी कक्षाको अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ भने आइतबार बिहानबाट नियमित कक्षा शुरुवात भएको छ।

आर्थिक वर्ष: