माछापुच्छे गाउँपालिका वडा नं. ९ ले आर्थिक वर्ष २०७४-७५ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। कार्यक्रममा वडामा रहेका विभिन्न उपभोक्ता समितिका अध्यक्षहरुले आय व्यव सार्वजनिक गरेका थिए। आर्थिक वर्ष २०७४-७५ मा २४ योजनामा १ करोड १० लाख रुपैया खर्च भएको वडा अध्यक्ष तथा माछापुच्छे गाउँपालिका सामाजिक विकास समिति संयोजक दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।
माछापुच्छ्रे गाउँ पालिका ७ नम्बर वडा धम्पुसको आर्थिक बर्ष २०७४/७५ को बिनियोजित रकमको कार्यान्वयन योजना तथा कार्यक्रमहरुको समिक्षा माननिय प्रदेश सांसद श्री रामजी बराल जीबन ज्यूको प्रमुख आतिथ्यता र माछापुच्छ्रे गाउँपालिकाका प्रमुख श्री कर्ण बहादुर गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको छ। यस आर्थिक बर्षमा गाउँपालिकाबाट बिनियोजीत रकम, विभिन्न संघ सस्था र ब्यक्तित्वहरुको आर्थिक सहयोग गरि झन्डै साडे तीन करोड बराबरको काम, पुर्वधार, आर्थिक बिकास आदि कार्यक्रमहरु सम्पन्न भएको।