समाचार
माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी राष्ट्रिय बालदिवस मनाईयो।
मिति २०७८/०५/२९ गतेका दिन "सामान्य अवस्था वा कोभिड महामारी: वाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी" भन्ने नाराका साथ कोभिड १९ का कारणले बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा पारेको प्रभाव यसका अवसर तथा चुनौतिहरु भन्ने शिर्षकमा यस गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय बाल दिवस २०७८ मनाईएको छ। उक्त दिवसिय कार्यक्रममा यस गाउँपालिकाभित्र रहेका सामादायिक र संस्थागत गरी जम्मा ११ वटा माध्यमिक विद्यालयहरुमध्ये ११ वटै विद्यालयहरुको सहभागिता रहेको थियो। कार्यक्रम उद्घाटन समारोह यसै गाउँपालिकाका उपाध्यक्ष श्री कृष्ण कुमारी पौडेल दवाडी ज्यूको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर गुरुङज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं ४ निवासी ज्ञानज्योति माध्यमिक विद्यालय मा अध्ययनरत छात्र श्री विवेक परियारलाई एथलेटिक्स खेलाडीको रुपमा सम्मान गर्दै नगद रु ५०००।र कदरपत्र प्रदान गरिएको थियो।
वक्तृत्वकला प्रतियोगितामा श्री निश्पक्ष मा.वि.वडा नं ५ कि छात्रा श्री समिति वरालले प्रथम स्थान, श्री पृथ्विनारायण मा.वि. वडा नं ७ कि छात्रा श्री रञ्जिता भण्डारीले द्वितीय स्थान, श्री भुमेश्वर मा.वि. वडा नं ६ का छात्र श्री निर्मल ढुङ्गानाले तृतीय स्थान र श्री माछापुच्छ्रे मा.वि. वडा नं २ कि छात्रा श्री सन्ध्या भण्डारीले सान्तवना स्थान हासिल गरेका थिए भने प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल सहभागिहरुलाई क्रमश रु ५०००, रु ४०००, रु ३०००, र रु २००० नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो र अन्य सहभागीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।