समाचार
एघारौं गाउँसभा, २०७९।०३।०९-१०
मिति २०७९ असार ०९ गते आगामी आ.व २०७९।०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गर्दै सुरुवात भएको माछापुच्छ्रे गाउँपालिकाको एघारौं गाउँसभा, रु. ६३ करोड ३३ लाख ३१ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ । क्षेत्रगत रुपमा पूर्वाधार विकास तर्फ रु. १३ करोड ३२ लाख, सामाजिक विकास तर्फ रु. ७ करोड ४९ लाख ५१ हजार, आर्थिक विकास तर्फ रु. ३ करोड ३८ लाख ३० हजार, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ रु. १ करोड ६९ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु. ६६ लाख ५० हजार, कार्यालय सञ्चालन तथा व्यवस्थापन तर्फ रु. १२ करोड १९ लाख र सशर्त अनुदान तर्फ रु. २४ करोड ५९ लाख विनियोजन गरिएको छ। एघारौं गाउँसभा सफल पार्न प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। माछापुच्छ्रे गाउँपालिका, परिवार।