FAQs Complain Problems

समाचार

४८३ औँ वि. टी. सी .आधारभूत स्काउट तालिम सम्पन्न

माछापुच्छ्रे गाउँपालिका कास्कीमा चैत २५ गते देखि सुरु भएको ४८३ औँ वि. टी. सी .आधारभूत स्काउट तालिम सम्पन्न भएको छ। उक्त तालिममा गाउँपालिकाका २१ विद्यालयबाट २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो। माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष एवम् नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिकाका संरक्षक कर्ण बहादुर गुरुङले सभ्य समाज निर्माण गर्न र युवाहरुको संरक्षण गर्नका लागि आधारभूत स्काउट तालिमको आवश्यक रहेको बताउनु भयो । माछापुच्छ्रे गाउँपालिकामा प्रत्येउक विद्यालयमा बालबालिका, युवा युवती, किशोर किशोरीको विकासको निम्ति स्काउट शिक्षाको अति आवश्यक रहेकोले अबका दिनमा गाउँपालिकामा स्काउट तिब्र गतिमा सुरुहुने प्रतिवद्वता जनाउनु भयो।

तालिममा सहभागीलाई बधाई तथा शुभकामना दिदै अबका दिनमा प्रत्येक विघालयमा स्काउट संचालन हुने र स्काउट विस्तारका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । त्यसै गरि नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिकाका प्रमुख स्काउट एवं उपाध्यक्ष कृष्ण कुमारी दवाडी ज्युले भविष्यमा रहे पनि नरहेपनि संस्था सधै रहने र यस संस्थाले आगामी दिनमा अझै राम्रा राम्रा काम गर्न सफल होस भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा माछापुच्छ्रे गाउँपालिका स्काउट तदर्थ समितिका संयोजक कानुन लामिछानेले यस कार्यक्रमले बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक तथा सम्वेगात्मक विकास गरी तिनीहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने सन्दर्भ बताउदै कार्यक्रमको समापन गर्नु भएको थिए ।

कार्यक्रममा २१ जना ( ४८३ औ बि. टि. सि कोर्स गर्नु हुने ) स्काउट मास्टरहरुलाइ दिक्षित गरिएको थियो। उक्त कोर्सका कोर्स लिडर नारायण पराजुली र सहायक कोर्स लिडर श्याम लामा थिए । काउन्सिलरको रुपमा सागर पौडेल, राम श्रेष्ठ ,नेवा लामा, मातृका आचार्य, अमृत पुन थिए भने कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश स्काउट सम्योजक आशीर्वाद सुवेदी, नेपाल स्काउट गण्डकी प्रदेश स्काउट सल्लाहकार शारदा पराजुली, गाउँपालिका का प्रशासकिय अधिकृत बिस्णु प्रसाद पोखरेल, नेपाल स्काउट पोखरा महानगरपालिका सम्योजक सुबिन तिमिल्सेना ,गाउँपालिका कै वार्ड न ३ र ६ का वार्ड अध्यक्ष ज्युहरुको सहभागीता रहेको थियो। कार्यक्रममा स्वागत नेपाल स्काउट माछापुच्छ्रे गाउँपालिका तदर्थ समितिका सदस्य बिष्णु प्रसाद पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रोल गर्नु भएको थियो।

आर्थिक वर्ष: