FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई

आ.व २०७८/०७९ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

आ.व २०७८/०७९ को दोस्रो चौमसिक सम्ममा माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरु एवं गाउँपालिकाको समग्र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा माछापुच्छ्रे गाउँपालिकावासिहरुको राय, सुझाव एवं गुनासो उपर छलफल गर्ने उद्देश्यका साथ मिति २०७९ जेठ २५ गते आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले प्रदान गर्नु भएको राय, सुझाव ग्रहण गर्ने एवं व्यक्त गर्नुभएका गुनासोहरुको यथासिघ्र संवोधन गर्ने प्रतिवद्धता सहित सम्पन्न।

सार्वजनिक सुनुवाई कार्यक्रम, वडा नं ९

माछापुच्छे गाउँपालिका वडा नं. ९ ले आर्थिक वर्ष २०७४-७५ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। कार्यक्रममा वडामा रहेका विभिन्न उपभोक्ता समितिका अध्यक्षहरुले आय व्यव सार्वजनिक गरेका थिए। आर्थिक वर्ष २०७४-७५ मा २४ योजनामा १ करोड १० लाख रुपैया खर्च भएको वडा अध्यक्ष तथा माछापुच्छे गाउँपालिका सामाजिक विकास समिति संयोजक दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।